आज म रेडियोको कामले व्यस्त थिए । आज दिनभरि बज्ने कार्यक्रमहरुको समय तालिका तयार गदैर् थिए । रिसेप्सनबाट फोन आयो । मैले फोन उठाए । रिसेप्सनबाट मायाले भनिन्,“सर, हजूरलाई भेट्न एकजना भाइ आ’का छन् ।” मैले छक्क पर्दै भने, “भाइ ? को भाइ ?”
***
उही भाइ । मेरो टेवुल अगाडिको कुर्सिमा टुक्रुक्क बसेको थियो । “भाइको नाम ?” मैले सोधे ।
“सुजन ।” उसले आफ्नो नाम बतायो ।
“सुजन के ?” मैले फेरि सोधे ।
“सुजन दर्लामी ।” उसले आफ्नो पुरा नाम बतायो ।
“अनि यहाँ, रेडियोमा किन आएको त ?” मैले उसको अनुहार नियाल्दै सोधे ।
“अ...अ... ” उसले खालि अन्कनाएर, ‘अ...अ...’ मात्र भन्यो । मैले फेरि सोधे,
“किन आको त रेडियोमा घुम्न ?”
“हैन काम गर्न । मलाई काम चाहियो सर ।” उसले एकै सासमा भनि भ्यायो ।
“काम ? म हाँस्न थाले ।” सायद उ प्रतिको अविश्वासले ममाथि जरा गाड्न थालिसकेको थियो । मैलो आकाशे रंगको फाटेको सर्ट, अनि गाढा रंगको निलो प्यान्ट लगाएको त्यो केटोको आत्मविश्वास भने अचम्मको लाग्यो मलाई ।
“के काम गर्ने हो र ?” मैले मुस्काउँदै सोधे ।
“जे पनि गर्नसक्छु ।” उसले जोस्सिदैं सुनायो ।
“कस्तो जे पनि भन्नाले ?” मैले फेरि सोधे ।
“जे पनि ।” उसको जवाफ यति मात्रै थियो । मैले विस्तारै खोतल्दै र बुझ्दै जाँदा सुजन भाइको पृष्ठभूमि यस्तो रहेछ ।
सुजनको पुर्खौली घर पर्वत रहेछ । पर्वतबाट पोखरा कामको खोजीमा आएका उनका बा–आमा रामघाटमा बालुवा चाल्ने काम गर्दा रहेछन् । सुजन पोखराकै एउटा सरकारी स्कूलमा पाँच कक्षामा अध्ययनरत रहेछ । आर्थिक अवस्था कमजोर भएकाले, सुजनलाई नियमित रुपमा आफ्नो मासिक शल्क तिर्न पनि धौ–धौ पर्दोरहेछ । उ स्कूल जाने आउने क्रममा उसले हाम्रो रेडियोको टावर र साइनबोर्ड देखेको रहेछ । उसले हाम्रो रेडियो नियमित रुपमा सुन्ने पनि गरेको रहेछ । आज भने उ आफ्नै स्वइच्छाले यहाँ आएको रे । रेडियोमा बोल्ने अनि कार्यक्रम चलाउने उसको लक्ष्य छ रे ।
“के तिमी रेडियोमा बोल्न सक्छौं ?” मैले सोधे ।
उसको जोस भने कायमै थियो । “अ सक्छु ।” उसले जोस्सिदैं सुनायो ।
म उसको आत्मविश्वास माथि विश्वास गर्न सक्थे ।
“आज म निकै व्यस्त छु, भोलि यसै समयमा आउ न त है ?” मैले भने ।
सुजनल खालि मुन्टो हल्लायो । “सर मैले काम त पाउँछु नि है ?” उसले निन्याउरो अनुहार लाएर जानु अघि फेरि सोध्यो ।
“अ, पाउँछौ, पाउँछौ ।” मैले उसलाई आश्वासन दिए । सुजन ढोकाबाट बाहिर नजाउन्जेल मैले उसलाई नियालिरहे । आजसम्म यसरी काम माग्न म कहाँ कोही पनि आएका थिएनन् । तर आज मलाई यो सुजनको आगमनले अचम्मित तुल्यायो । उसको अनुहार मलाई दिनभर याद आइरह्यो ।
***
रेडियो झङ्कार । मैले काम गर्ने रेडियो । म यो रेडियोको स्टेसन म्यानेजर हु । हिजो अस्ति झै म राती बाह्र बजेसम्म रेडियोबाट प्रशारण हुने कार्यक्रमको समय तालिका मिलाउनमै व्यस्त थिए । यसो भित्ताको घडिमा हेरे । दिउँसोको ठिक तीन बजेको रहेछ ।
“सर नमस्कार ।” ढोकाबाट एउटा आवाज सिधै मेरो कानमा गुन्जियो । यसो बाहिर हेरे । उही सुजन ।
“आहो, सुजन तिमी ? ल, आउँ आउँ भित्रै आउ ।” मैले उसलाई आफ्नो कोठा भित्रै बोलाए ।
उ भित्र पस्यो । आज ऊ हिजो भन्दा सफा र हसिलो देखिन्थ्यो ।
“बस । ” उसलाई मैले कुर्सितिर देखाउँदै बस्न आग्रह गरे । उ बस्यो ।
“मैले त सोचेको थिए तिमी आउँदैनौं भनेर !” मैले उस्लाई जिस्काउने प्रयास गरे ।
“किन र सर ? म ढिला आए र ?” सुजनको हँसिलो अनुहार अचानक निन्याउरो भयो ।
“हैन हैन हिजो तिमी यहाँ आ’को सपना पो होकी जस्तो लागेको थियो
मलाई ।...अ साँच्चै, तिमी के काम गर्ने रे ?” मैले उसलाई खुशी बनाउने प्रयास गर्दै सोधे ।
“जे पनि । मैले गर्नसक्ने काम । ” उ अलि हँसिलो देखियो ।
“भने पछि तिमी रेडियोमा कार्यक्रम चलाउन सक्छौ त ?” मैले सोधे ।
सुजन “अ सक्छु ।”
“ल त्यसो भए, हिँड स्टुडियोमा जाऊ ।” मैले उसलाई रेडियोको स्टुडियोमा लिएर गए ।
उ त्यहाँभित्र छिर्नासाथ अचम्ममा प¥यो । सायद उसले रेडियोको स्टुडियो कहिल्यै देखेको थिएन । ल, याँ कुर्सिमा बस । मैले उसलाई एउटा कुर्सितिर देखाउँदै बस्न आग्रह गरे । यता स्टुडियोमा मेरा प्राविधिक साथी गोविन्द थिए । उनी भोलि प्रसारणमा आउने कार्यक्रम सम्पादन गर्नमा व्यस्त थिए । भित्र ‘अन एयर’मा भने झरना थिइन् । उनको कार्यक्रमको समय सकिने बेला भइसेको थियो । सुजन अचम्म मान्दै स्डुडियो भित्रका सामाग्रीहरु जस्तैः साउण्ड मिक्सचर, माइक्रो
फोन, कम्प्युटर, अन एयर लेखिएको लाइट बक्स आदि नियाल्नमै व्यस्त थियो । झरना पनि कार्यक्रम सकेर बाहिर आइन् । मैले सुजनको परिचय उनीहरु दुवैजनासँग गरिदिए । झरना त्यो हिजोको स्क्रिप्ट कहाँ छ ? मैले भरनासँग सुजनलाई पढ्न दिनाका लागि तयार गरिएको स्क्रिप्ट मागे । झरनाले मलाई उक्त स्क्रिप्ट दिइन् । मैले त्यो
स्क्रिप्ट सुजनलाई देखाउँदै भने ।
"ल, सुजन तिमी यो पढ्न सक्छौ ?"
सुजनले स्क्रिप्ट हातमा लियो र मनमनै पढ्न थाल्यो । हामी गोविन्द, झरना र म, एकर्कालाई हेरेर मुसु मुसु हाँस्दै थियौं । सुजनले एकछिन स्क्रिप्ट हेरिसकेपछि मतिर हेर्दै भन्यो, “सर का बोल्ने हो ? म बोलु ।” हामी छक्क प¥यौं ।
“तिमी बोल्न तयार छौ त ?” मैले सोधे ।
“अ, तयार छु ।” सुजन बोल्नका लागि आतुर देखिन्थ्यो ।
“ल एकचोटी पढेर सुनाउँ त ।”
“अ...अ...प्यारा प्यारा मजस्तै साथी हो । रेडियो झङ्कारको रेडियो बाल कार्यक्रम कोपिलामा तपाईंहरु सबैलाई
स्वागत छ ।”
अचम्म ! सुजनले स्क्रिप्टमा लेखिएको पहिलो अनुच्छेद खर्रर एकैचोटीमा पढ्यो । झरना, गोविन्द र म तीन छक्क
प¥यौं । उसको स्वरमा मिठास पनि भरिएको थियो । हामीलाई लाग्यो सुजनले सजिलैसँग रेडियोमा कार्यक्रम चलाउन सक्छ ।
“राम्रो ! यो तिम्रो स्वर परिक्षा मात्र हो । आजलाई यति नै । त्यो स्क्रिप्टमा लेखिएका सबै कुराहरु तिमीले राम्ररी पढेर आउनु, भोलि । अनि फेरि भोलि राम्रोसँग रेकर्डिङ्ग गरौंला । हुन्छ? ल आज तिमी घर जाउ । भरना, सुजनलाई खाजा ख्वाएर पठाउ है ?”
सुजन गयो । म छक्क परेको थिए । सुजनले बोलेको सुनेर । लाग्छ, बर्षौ बर्षदेखि उ यही रेडियोमा, त्यही माइक्रोफोन अगाडि बसेर कार्यक्रम चलाउँदै आएको छ ।
***
भोलिपल्ट सुजन एकाबिहानै रेडियोमा आइपुग्यो । सदा झैं उसले मेरो कोठाको ढोकामा उभिएर ‘नमस्कार’ ग¥यो । उसलाई मैले कोठा भित्र बोलाए ।
“तिमी त आज कति चाँडै आइपुग्यौ । किन आज स्कूल जानुपर्दैन ?” मैले सोधे ।
“उसले मुन्टो हल्लाएर ‘हैन’ भन्ने संकेत ग¥यो । म छक्क परे ।
“किन त ? किन स्कूल नगएको त तिमी ?”
“म स्कूल नग’को तीन महिना भइसक्यो सर ।” उसले आफ्नो वास्तविकता बतायो । उसले किताव किन्न
नसकेको अनि स्कूलको शुल्क तिर्न नसकेको कारण स्कूल नगएको तीन महिना भइसकेको रहेछ । मलाई यो कुरा सुनेर ज्यादै दुःख लाग्यो । उसले मलाई स्क्रिप्ट पढेर सुनायो । उसले मज्जाले स्क्रिप्ट पढ्न सक्ने रहेछ । उसको कार्यक्रम पनि रेकर्ड गरियो । अन्नतः उसलाई नियमित रुपमा कार्यक्रम चलाउन दिने निर्णय पनि गरियो । हरेक शनिबार बेलुकी ५ बजे देखि ५ः३० बजेसम्म रेडियो कार्यक्रम ‘कोपिला’ चलाउने भयो, सुजनले । सुजनलाई अन्य रेडियोका कर्मचारी र प्रस्तोतहरुले फुच्चे प्रस्तोता भनेर जिस्काउने गर्दथे । मैले उसलाई मासिक शुल्क, किताप र कापि किन्न पुग्ने पैंसा उसको पारिश्रमिकको रुपमा दिने सर्तमा कार्यक्रम चलाउन दिएको थिए ।
***
सुजनले रेडियोमा कार्यक्रम चलाउन थालेको एक महिना भइसकेछ । एकदिनको शनिबार सदा झै साढे चारै बजे आएर स्टुडियोमा कार्यक्रमका लागि पूर्व तयारी गर्ने सुजन, पाँच बजिसक्दा पनि आइपुगेन । रेडियोमा कार्यक्रम कोपिलाको जिङ्गल अनि गीत पनि बज्न थालिसकेको थियो । तर अझै सुजनको आगमन भएन । रेडियोमा भएका सबैजना यता
र उती अनि खासखास–खुसखुस गर्न थाले। सुजन आइपुगेन । म ससंकित भए । मनमा चिसो पस्यो । के भयो त सुजनलाई । विस्तारै सवा पाँच पनि बज्यो । केही बाल गीतहरु बजाए पछि, म आफैं ‘अन एयर’मा बोल्न थाले ।
“प्यारा–प्यारा भाइ बहिनी हो, आज सुजनको ठाउँमा मेरो आवाज सुनेर तिमीहरु छक्क प¥यौ होला हैन ? तिमीहरु जस्तै म पनि छक्क परेको छु । आज तिमीहरुको प्यारो साथी, प्यारो कार्यक्र प्रस्तोता सुजन...खै किन हो यतिबेला सम्म पनि नआइपुगेको कारण मैले नै कार्यक्रम चलाउनु परेको हो । आशा, गरौं, सुजन आउँदैछ र आइपुग्ने छ । त्यतिन्जेल
तिमीहरुको लागि यो अर्को मिठो गीत ।” प्राविधिक मित्र गोविन्दले ‘मेरो घर त ज्यामिरे...’ बोलको गीत बजाएर छाडिदिए । साढे पाँच बजेसम्म पनि सुजनको आइपुगेन । मैले सुजन अर्को हप्ता आउँछ भन्ने बाँचा दिएर कार्यक्रमको बिट मारिदिए ।
***
एकदिन, दुईदिन, तीन दिन भन्दा भन्दै एक हप्ता पछि अचानक सुजनको आगमन भयो । उसको अनुहार निन्यारो
थियो । उ साह्रै दुःखि देखिन्थ्यो । उसको पछि–पछि एकजना व्यक्ति पनि थिए । उ मातिए झैं देखिन्थ्यो । उसले लरबरिएको स्वरमा मतिर देखाउँदै सुजनसँग सोध्यो, “उही हो तेरो राजन सररररर् ।” सुजनले मुन्टोमात्र हल्लायो ।
उ कस्सिंदै मेरो नजिक आयो । हातको बाउला सुर्कदै मलाई तलदेखि माथिसम्म हेरेर आँखामा आँखा जुधाउँदै भन्यो,
“क्या हो सर, खुब रेडियोको धाक लाइन्छ ।” म छक्क परे । केही बोलिन पनि । मलाई लाग्यो यो मान्छे पक्कै पनि सुजनको आफ्नो मान्छे हुनुपर्छ । उनीहरुलाई मैले रिसेप्सनबाट आफ्नो कार्यकक्षतिर डाके । सुजन अघि–अघि र उ पछि–पछि हल्लिदै मेरो कोठामा प्रवेश गरे । मैले उनीहरुलाई बस्न भने । तर त्यो मान्छे बस्न मानेन, बरु बस्न आँटेको सुजनलाई रोक्दै भन्यो, “साला, बाउ त उभिएको छ । त चाहिँ किन बस्नु परो, हु ?” सुजन पनि बसेन । छेउमै उभिइ नै रह्यो ।
ए, टाढाबाटै ह्वास्स रक्सि गनाउने व्यक्ति अरु कोही नभएर सुजनका पिता पो रहेछन् ।
“तिमी अस्तिको हप्ता किन नआएको सुजन ?” मैले सुजनलाई बिस्तारै सोधे । उसले डराउँदै
आफ्नो बाबुको अनुहारतिर हे¥यो ।
“तपाईंलाई के मतलव ? जे गर्न नआए पनि ?” सुजनको बुबा भनौंदाले मलाई कड्किंदै सोध्यो ।
“तपाईंले के द्या‘छ र आउनलाई ? जाबो किताप, कापि किन्नलाई पन्ध्रसय रुपिया मात्र दिएर पुग्च ? भात खानु परेन, बाउ आमा पाल्नु परेन ? क्यार्न आउनु परो याँ ? खाइँ न पाइँ छाला टोपि लाइँ !” उ थचक्क अगाडिको कुर्सिमा बस्यो ।
म अवाक रहे । केही बोल्नै नसक्ने भए । ट्वाल्ल परेर सुजनको निमुखा अनुहार हेरिरहें ।
“वा भने मेरो छोराले चाहिँ मरि मरि रेडियोमा बोल्ने, अनि आको पैंसा जति सबै तपैंहरु खाने? म तपाईंको रेडियो सेडियो बन्द गर्दिन्छु । मेरो पावर का‘सम्म छ थाच ?” उ अजङ्गसँग जङ्गिरह्यो । मेरो अफिसको ढोका वरपर रेडियोका अन्य कर्मचारीहरु झुम्मिन थालिसकेका थिए । मैले उनीहरुलाई संकेत गरेर जान भनिदिए । अन्ततः सुजन विस्तारै बोल्यो, “सर मलाई माफ गर्दिनु होला । म अब रेडियोमा बोल्दिन । म कार्यक्रम चलाउँदिन । म बाबा आमालाई नै
काममा सघाउँछु । रामघाटमा बालुवा चालेर आको पैंसाले हामीलाई खान बस्न पुग्छ । म अबदेखि
आउन्न ।” सुजन रुँदै बाहिरियो । उनको बाउ भने कुर्सिमा घुर्न थालिसकेको थियो ।
मैले सुजनलाई रोक्दै भने, “सुजन । पख ।” सुजन रोकियो ।
“सुजन, ठिकै छ तिमी रेडियोमा नबोल, रेडियोमा कार्यक्रम नचलाउ । तर, तिमीले पढ्न नछोड, बा ।” मैले उसको काँधमा हात राख्दै भने । “तिम्रो पढाई राम्रो छ । तिमी पढेर पछि चाहेको मान्छे बन्नसक्छौं । तिमी पढेर असल मान्छे बन्न सक्छौं । म तिमीलाई चिनेको स्कूलमा छात्रवृत्ति मिलाईदिन्छु । तिमी त्यही पढ्नेछौं ।”
सुजनले पक्क परेर मलाई हेरिरह्यो । “हो सुजन, तिमी भोलि देखि नै बिद्या हाईस्कूलमा भर्ना हुनेछौ, तिमी त्यही पढ्नेछौ । आज, मैले थाहा पाए तिम्रो रेडियो बोल्ने रहर हैन बाध्यता रहेछ भनेर ।” सुजनले आफ्नो आँखाको आँसु पुछ्यो । उसको मुहारमा खुशी छायो । “हो र सर, के अब मैले पढ्न पाउँछु ?”
मैले उसलाई आश्वासन दिंदै भने, “हो, हो तिमीले अब चाहुन्जेल पढ्न पाउने छौं । तिमीले राम्रोसँग पढ्नुपर्छ । असल मान्छे बन्नु पर्छ ।”
सुजनले आफ्नो बाबुलाई कुर्सिबाट झक्झकाउँदै उठायो । सायद उसको आधि मात छुटिसकेको थियो । उ मुख चपाउँदै उठ्यो र ‘के भयो ?’ भने झैं चारैतिर हेर्नथाल्यो । मैले सुजनलाई भोलि बिहान नौं बजे आउन भन्दै, उसलाई घार जानको लागि भने । उ आफ्नो बाबुसँग बाहिरियो । उनको बाबुले मुख्य ढोकाबाट बाहिर निस्कनु अघि मतिर फर्केर ‘नमस्कार’
ग¥यो, अनि फनक्क फर्केर सुजनको हात समातेर बाहिरियो ।
***
सुजनलाई मैले बिद्या हाइस्कूलमा भर्ना गरिदिए । उसले चाहुन्जेल सोही बिद्यालयमा पढ्न पाउने गरि छात्रवृत्ति पनि पायो ।
बेला–बेलामा सुजनलाई भेट्न म स्कूल गइरहन्छु । उसको पढाई राम्रो हुँदै गएको कुरा स्कूलका प्रधानाध्यपकले भेटमा बताउनु हुन्थ्यो । साथीहरुसँग पनि मिलनसार सुजन, राम्रो अंक ल्याएर उत्तिर्ण हुँदै आएको छ ।
म सुजनको उत्तरोत्तर प्रगतिको कामना गर्ने गर्छु । आशा छ उसले एकदिन उच्च शिक्षा हासिल गर्नेछ,
अनि आफ्नो रेडियोमा बोल्ने सपना पूरा गर्नेछ । रेडियोमा बोल्ने केटा तिमीलाई मुरीका मुरी शुभकामना !
शुभम् !
भाजु महेश, २०६७ माघ २५ गते
Tuesday, March 15, 2011
Sunday, July 18, 2010
Monday, April 12, 2010
Sunday, April 11, 2010
Wednesday, April 7, 2010
Monday, April 5, 2010
Saturday, April 3, 2010
सन्दर्भ : मार्च २७-विश्व रंगमाच दिवसको (World Theatre Day-2010)
"यो विश्व एउटा रंगमाच हो र हामी सवै यसका कलाकारहरु ।"
यहाँ शेक्सपिएरको एकदमै चर्चित भनाईलाई साभार गर्न मनलाग्यो । हरेक बर्ष मार्च २७मा विश्वले अन्तराष्ट्रिय रंगमाच दिवस मनाउने गर्दछ । र हरेक बर्ष इन्टरनेसनल थिएटर इन्स्टीच्युट आइटिआईले स्मरणीय रहोस् नेपाल पनि आइटिआईको सदस्य राष्ट्र हो आइटिआईले एकजना विश्व चर्चित एवं रंगमाचको क्षेत्रमा बिशेष योयदान पुर्याउने एकजनालाई साझा सन्देश सम्प्रेषण गर्न आग्रह गर्दछ । यस बर्षको लागि विश्व रंगमाच दिवसको सन्देश हलिउडका चर्चित अभिनेत्री तथा विश्व चर्चित कलाकार डेम जुडी डेनेचले दिएकी छिन् । डेनेच एक विश्व प्रसिद्ध रंगकर्मी चलचित्र र टेलिभिजनका कलाकार हुन् । सन् १९३४ मा जन्मिएका डेनेचले हलिउडमा 'द थर्ड सिक्रेट', 'अ स्टडी इन टेरर', 'क्वान्टम सोलेस' आदि जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेकी छिन् । एन्टोनी एन्ड क्लियोपाट्रा, ह्याम्लेट, दी चेरी अर्कड, दी सि, दी रोयल फ्यामली आदि उनीद्वारा अभिनीत केही नाटकहरु हुन् ।
'विश्व रंगमाच दिवस सवै किसिमका रंगमाचलाई समेट्ने अवसर हो । रंगमाच मनोराजन र सूचना प्रवाहको एक सशक्त माध्यम हो । विश्वका जस्तोसुकै र जहाँका पनि वृहत संस्कृति र मानिसलाई समेट्न सक्ने शक्ति हुन्छ रंगमाचमा । तर रंगमाच त्यो भन्दा अझ शक्तिशाली छ र यसले जनचेतना जगाउन र सूचना प्रवाह गर्ने अवसर पनि प्रदान गर्दछ ।
रंगमाच अर्थात् नाटकको प्रस्तुति विश्वभरि नै हुनेगर्दछ र त्यो सधैं पारम्परिक पृष्ठभूमीमै हनुपर्छ भन्ने पनि छैन । प्रस्तुति अफि्रकाको कुनै सानो गाउँमा अर्मेनियाको उपल्लो पहाडमा या सिन्धुघाँटीको साँघुरो महाद्विपमा पिन हुनसक्छ । यहाँ सबैभन्दा महत्वपूर्ण कुरा स्थान र दर्शक नै हो । हामीलाई हँसाउने र रुवाउने क्षमता रंगमाचमा छ साथैं यसले एकचोटी सोच्न र मनन गर्न बाध्य पनि तुल्याउँदछ ।
सामूहीक कार्यबाटै रंगमाच सम्भव छ । कलाकारहरु माचमा देखिने मानिसहरु हुन् तर त्यहाँ त्यस्तो अचम्म र महत्वपूर्ण मानिसहरुको जमात पनि हुनेगर्दछ जो देिखंदैनन् । उनीहरुको पनि रंगमाचमा प्रस्तुतिलाई सफल बनाउन कलाकारको जत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । र सम्पूर्ण जसका भागेदार उनीहरु पनि हुन् ।
औपचारिक रुपमा मार्च २७ लाई नै विश्व रंगमाच दिवसको रुपमा मनाइने गरिन्छ । तर जनता वा दर्शकहरु जो बिना हाम्रो कलाकारको अस्तित्व नै छैन लाई मनोराजन प्रदान गर्न उनीहरुलाई शिक्षीत बनाउन सबै समय र अवसरमा हामी कलाकारहरु तत्पर र तयार रहनुपर्दछ नकि विश्व रंगमाच दिवसको अवसरमा मात्र ।'
यो हो यस बर्षका सन्देश प्रवाहक अभिनेत्री डेनेचको सन्देशको मूल साभार ।
नेपाल पनि आइटिआईको सदस्य राष्ट्र भएका नाताले हरेक बर्ष यहाँ पनि विश्व रंगमाच दिवस मनाउने
गरिन्छ । गरिन्थ्यो । मलाई थाहा भए अनुसार नेपाल आइटिआईका अध्यक्षमा डा। अभि सुवेदी हुनुहुन्थ्यो र अन्य सदस्यहरुमा गुरुकुलका कुलगुरु सुनील पोखरेल त्यस्तै डवलीका संस्थापक पुस्कर गुरुङ् एम। आर्ट। थिएटरका वीरेन्द्र हमाल आदि ।
नेपाली परिवेशमा मार्च २७ अर्थात् विश्व रंगमाच दिवसलाई रंगकर्मीहरुको दशैं पनि भनिने गरिन्छ । यसलाई उत्सवको रुपमा मनाउने परम्पराको थालनी शुरु भएको ८-९ बर्ष मात्र भएको छ । पहिले नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान हालको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विश्व रंगमाच दिवस मनाउन भ्याएसम्मका र खवर भएसम्मका रंगकर्मीहरु भेला हुने र आफ्ना सुख-दुःख बिसाउँने गर्दथे । पछि गुरुकुलको स्थापना पश्चात् सबै कार्यक्रम गुरुकुलतिरै सरेको छ । थाहा छैन यो बर्ष गुरुकुलले कसरी यो दिवसलाई मनाउने योजना गरेको छ !
सबैलाई ज्ञातै भएको कुरा हो गुरुकुलको स्थापनासँगै नेपाली रंगमाचले कस्तो फड्को मारेको छ र आज नेपाली नाटक कुन अवस्थामा छ । गुरुकुल नै नाटकको पर्याय भएको छ भन्दा पनि फरक पर्दैन । कैयौं साथीहरु जो गुरुकुल बाहेकका आफ्नै नाट्य संस्थामा काम गर्छन र भन्ने गर्छन्-"म नाटक गर्छु ।" र बुझ्ने मान्छेले यसरी बुझ्छ-"ए यो त गुरुकुलको रै'छ।" उसले फेरि सोध्छ-"ए तपाईं गुरुकुलको हो ? उ अक्क न वक्क पर्छ र बाध्य भएर भन्ने गर्छ-"हो । अ गुरुकुल ।" कारण यहाँ नाटक र रंगमाच बुझ्नेले गुरुकुललाई मात्र बुझेका र चिनेका छन् । यो सात बर्षमा गुरुकुलको स्थापना बि।सं। २०५९ सालमा भएको हो । गुरुकुलले जति नाम कमाएको छ र नाटकलाई जति इज्जत दिएको छ आज गुरुकुलले नै आफ्नो अर्कै बैकल्पिक ठाउँ खोज्नु पर्ने बेला आएको
छ । यसले आफ्नो र नाटकको इज्जत बचाई राख्न आफ्नै कुनो खोज्नुपर्ने बेला आएको छ । त्यसैले गुरुकुलले भनेजस्तो ठाउँ नपाए करिव डेढ करोडका नाटक र रंगमाचका सामाग्रीहरु टुडिखेलमा जम्मा पारेर आगो लाइदिएर बिदेश भासिन्छु भन्ने सुनिल पोखरेलका आक्रोस पनि नसुनिएका हैनन् । गुरुकुलको यो अवस्था र अग्रज सुनिल पोखरेलको यस्ता अभिव्यक्तीले रंगमाचका पछिल्ला पुस्ताहरुलाई साह्रै नमज्जासँग झस्काएको छ र सोच्न बाध्य बनाएको छ-'नाटक जीवनको लागि कि जीवन नाटकको लागि !'
अहिले सुन्नमा आएको छ कि सरकारले कतै जग्गा मिलाईदिन्छु भनेर गुरुकुललाई आश्वासन दिइरहेको छ । र गुरुकुल भने त्यही आशमा आफ्नो पाइलालाई एकरत्ति पनि नडगमगाई मैदानमै उत्रीरहेको छ । आफ्नो कर्मलाई गुरुकुलले छाडेको छैन । यहाँ आएर डेनेचको सन्देश सार्थक हुन्छ-कि रंगकर्मीहरुको लागि हरेक अवसर विश्व रंगमाच दिवस हो । सायद गुरुकुलले राम्रो र उचित स्थान पाएको दिन नै नेपालीहरुले विश्व रंगमाच दिवस मनाउने छन् र गर्नुपर्ने पनि त्यही हुनसक्छ । र उचीत स्थान नपाउन्जेल डेनेचले भने झै प्रस्तुतिका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेका स्थान र दर्शक हुन् हो अहिले गुरुकुलसँग नाटक देखाउने उचित स्थान नहोला तर दर्शक गुरुकुलले यो सात बर्षमा अथाहा बनाईसकेको छ । स्थानको लागि बैकल्पिक बाटो खोज्न गुरुकुललाई हामीले सुझाउनु पर्दैन ।
अन्तमाः सुनील सर तपाईंको नाटक टिकट काटेर हेर्न रत्नपार्कमा समेत दर्शक त्यतीकै आउँनेछन् र आउन् । तपाईलाई विश्व रंगमाच दिवस २०१० को यही शुभकामना !
भाजुमहेश
हालः कालीमाटी चोक, बाग्लुङ् राजमार्ग-४ पोखरा
____________________________________________________________
(Same article published in Kantipur Daily- 27 March 2010, Saturday) as:

Subscribe to:
Posts (Atom)